२०७७ असोज ०९ गते ।
न्याय परिषद् सदस्य सिफारिस सम्बन्धमा नेबाएबाट जारी भएको सूचना ।
नेपालको संविधानको धारा १५३(१)(ङ) बमोजिम न्याय परिषद्मा नेपाल बार एशोसिएशनको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त हुने सदस्य पदमा रहि कार्य गर्न ईच्छुक वरिष्ठ अधिवक्ता, अधिवक्ताहरुको नामावली सङ्कलन गरि नियुक्तीका लागि सिफारिस गर्ने प्रयोजनका लागि नेबाएको मिति २०७७/०६/०९ गते सम्पन्न बैठकको निर्णयानुसार न्याय परिषद् सदस्य हुन ईच्छुक वरिष्ठ अधिवक्ता, अधिवक्ताज्यूहरुले आजको मितिले ७ (सात) दिनभित्र आफ्नो बायोडाटा (व्यक्तिगत विवरण) नेबाएको ईमेल ठेगाना (neba@nepalbar.org.np / neba@nepalbar.org), नेबाएका पदाधिकारी तथा सदस्यहरुमार्फत पठाई वा स्वयम् उपस्थित भई नेबाए सचिवालयमा बुझाई दिनुहुन हार्दिक अनुरोधका साथ सूचीत गरिन्छ । पुनश्च, ईच्छुक वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरुले नेबाएका बार एकाईहरुमा आफ्नो विवरण बुझाई सो विवरण नेबाएका उपाध्यक्षमार्फत नेबाएमा उपलब्ध गराउन सकिनेछ ।
अधिवक्ता लीलामणि पौडेल
महासचिव