मानव अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलन आगामी २०७७

२४ मङ्सिर २०७७

श्री सर्वोच्च अदालत बार
श्री सम्पूर्ण उच्च अदालत बार
श्री सम्पूर्ण जिल्ला अदालत बार

विषय ः– सहभागिता सम्बन्धमा ।

महोदय,
नेपाल बार एशोसिएशनले अन्तराष्ट्रिय मानवअधिकार दिवस (१० डिसेम्बर) को अवसरमा प्रत्येक वर्ष आयोजना हुने मानव अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलन आगामी २०७७ मङ्सिर २५ गते जुम मार्फत सम्पन्न गर्ने निर्णय भएको ब्यहोरा जानकारी गराउँदछौं । सम्मेलनमा ‘कोभिड–१९ मा मानव अधिकारको अवस्था र कानून व्यवसायीको भूमिका’का विषयमा छलफल हुनेछ ।

सम्माननीय प्रधान न्यायाधीशज्यूको प्रमुख आतिथ्यता रहने उक्त राष्ट्रिय सम्मेलनमा वरिष्ठ अधिवक्ताज्यूहरु, नेपाल बार एशोसिएशनका पूर्व पदाधिकारीज्यूहरु तथा सदस्यज्यूहरु, बार एकाइका केन्द्रीय पार्षद्ज्यूहरु, अध्यक्षज्यू तथा सचिवज्यूहरु र नेपाल कानून व्यवसायी परिषद्का पार्षद्ज्यूहरु एवं मानव अधिकार तथा जन सरोकार समितिका संयोजक समेतको उपस्थितिमा आयोजना हुने हुँदा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं ।

कार्यक्रम ः–
मिति ः– २०७७ मङ्सिर २५ गते (10 December 2020) ।
समय ः– ०२ः३० बजेदेखि ५ः३० बजेसम्म ।
जुम आईडी ः– 705 169 9078
पासकोड ः– nba123

अधिवक्ता लीलामणि पौडेल
महासचिव