नेपाल बार एशोसिएशनको मुखपत्रको रुपमा प्रकाशिन हुँदै आएको ‘न्यायदूत’ पत्रिका विगत केहि वर्षदेखि नियमित प्रकाशन हुन नसकेकोमा नेवाए कार्यसमितिको निर्णयानुसार अवदेखि नियमित प्रकाशन गरिने भएकोले उक्त न्यायदूत पत्रिकामा न्याय र कानूनका क्षेत्र अन्तरगत समसामयिक विषयमा अनुसन्धानमूलक लेख, रचनाहरु लेखि नेवाएको केन्द्रीय कार्यालयमा वा नेवाएको ईमेल ठेगाना neba@nepalbar.org.np / neba@nepalbar.org मा पठाईदिनुहुन सम्पूर्ण न्याय, कानून क्षेत्रका विज्ञ, विद्वान, लेखक महानुभावहरुसँग हार्दिक अनुरोध गरिन्छ ।
अधिवक्ता लीलामणि पौडेल
महासचिव