सदस्यता नवीकरणको म्याद थप सम्बन्धमा नेबाएद्वारा जारी गरिएको सूचना 2077.08.03
२०७७ भाद्र २९ गते ।
सदस्यता नवीकरणको म्याद थप सम्बन्धमा नेबाएद्वारा जारी गरिएको सूचना ।
नेपाल बार एशोसिएशनको विधान अनुसार सदस्यता नवीकरण गर्नका लागि यस अघि सम्पूर्ण एकाईहरुलाई समायावधि तोकि जानकारी गराइएकोमा नेवाएको मिति २०७७/०७/२१ र २२ गते सम्पन्न कार्यसमितिकाे बैठककाे निर्णय अनुसार कोरोना भाईरस (COVID-19) का कारण हालको बन्दाबन्दि, निषेधाज्ञा, सार्वजनिक आवागमनको अवस्था समेतलाई बिचार गरि सदस्यता नवीकरण गर्ने म्याद मिति २०७७ मंसिर मसान्तसम्मका लागि थप गरिएको छ । उक्त समयावधिभित्र नवीकरण गरि सकी बैंक स्टेटमेन्ट, भौचर, सदस्यहरुको प्र.प.सं. सहितको नामावली मिति २०७७ पुस १५ गतेभित्र पठाइ दिनुहुन जानकारीका साथ अनुरोध गरिन्छ ।
अधिवक्ता लीलामणि पौडेल
महासचिव