श्री बार एकाइहरु सबै ।
विषय ः– सिफारिस सम्बन्धमा
नेबाएले बन्दाबन्दी, निषेधाज्ञा, कोरोना संक्रमण समेतको भय–त्रासका कारणले दैनिक व्यवसाय गर्न नपाई दैनिक जीवन यापनमा समस्या परेका नेबाएका विभिन्न एकाईमा नियमित नवीकरण गरि नेपाल कानून व्यवसायी परिषद्मा अद्यावधिक गराएका नियमित कानून व्यवसायमा संलग्न भएका मध्येबाट वास्तविक आर्थिक समस्या परेका कानून व्यवसायीहरुलाई रु. २५,०००/– (पच्चिस हजार) सम्म ६ महिनाका लागि सापटी उपलब्ध गराउने निर्णय गरेकोमा त्यहाँ बार एकाईमा नियमित सदस्य रहि नेपाल कानून व्यवसायी परिषद्को अद्यावधिक रहेका आर्थिक उपार्जन गर्न नसकी समस्यामा परेका र सापटी लिएको रकम ६ महिनाभित्र फिर्ता गर्न सक्ने अवस्थाका कानून व्यवसायीलाई कार्यसमितिको निर्णय पश्चात मात्र उक्त निर्णयको प्रतिलिपि साथै राखी मात्र सिफारिस गरि नेबाएमा पठाइदिने व्यवस्था गर्नु हुन अनुरोध छ ।
अधिवक्ता लीलामणि पौडेल
महासचिव