सदस्यता नवीकरणको म्याद थप सम्बन्धमा नेबाएद्वारा जारी गरिएको सूचना

२०७७ पुस २८ गते ।

सदस्यता नवीकरणको म्याद थप सम्बन्धमा नेबाएद्वारा जारी गरिएको सूचना

नेपाल बार एशोसिएशनको विधानअनुसार सदस्यता नवीकरण गर्न यस अघि पटक–पटक सूचना जारी गरिएकोमा अझै केहि बार एकाईहरुबाट थप समय उपलब्ध गराई पाउँ भनि अनुरोध भई आएकोले यस अघि २०७७ पुस मसान्तभित्र नवीकरण गरि सोही समयावधिभित्र सदस्यता शुल्क, बैंक दाखिला भएको भौचर र प्रमाणपत्र नम्बर सहितको नामावली पठाउन जानकारी गराउँदै सूचना गरिएकोमा उक्त समय अझै कम भएकोले थप गरि दिनुहुन अनुरोध गर्नु भएको हुँदा मिति २०७७ साल माघ मसान्तभित्र नवीकरण गराई २०७७ फागुन १५ गतेभित्र सम्पूर्ण विवरण सहित शुल्क पठाउनु हुन पुनः सूचीत गर्ने निर्णय भएअनुसार यो म्याद थप गरिएको व्यहोरा जानकारी गराउँदछु ।

अधिवक्ता लीलामणि पौडेल
महासचिव