नेपाल बार एशोसिएशनको विधान अनुसार २०७७ साल असार मसान्तभित्र सदस्यता नवीकरण गरी २०७७/०४/१५ गते भित्रमा आ.व. २०७६/०७७ र २०७७/०७८ को सदस्यता शुल्कको २५∞ रकम नेबाएको खातामा जम्मा गरेको भौचर, बैंक स्टेटमेन्टकासाथ नामावली समेत पठाईदिनुहुन भनि यस अघि सम्पूर्ण जिल्ला, उच्च तथा सर्वोच्च अदालत बार एकाईहरुमा पत्राचार गरिएकोमा बन्दाबन्दिको घोषणा कायमै रहेको, सार्वजनिक यातायातहरु नचलेको, अदालत पनि आंशिक रुपमा मात्र खुलेको समेतका कारण सदस्य कानून व्यवसायीहरुलाई उल्लेख गरिएको अवधिभित्र सदस्यता नवीकरण गर्न समस्या पर्न गएको महसुस गरि नेबाएको मिति २०७७/०३/१९ गते सम्पन्न केन्द्रीय कार्यसमितिको (भौतिक तथा भर्चुयल – संयुक्त) बैठकबाट भएको निर्णयानुसार सदस्यता नवीकरण गर्ने तथा एकाईले नेबाएमा नामावली, नेबाएको खातामा जम्मा गरेको आ.व. २०७६/०७७ तथा २०७७/०७८ को सदस्यता दस्तुरको २५∞ रकमको भौचर तथा एकाइको उक्त मितिसम्मको बैंक स्टेटमेन्ट सहित पठाउने सम्बन्धमा निम्नानुसार म्याद थप÷संशोधन गरिएको व्यहोरा सम्बन्धीत सदस्य, एकाईहरुलाई जानकारी गराईन्छ ।
देहाय,
१) सदस्यता नवीकरण गर्ने अन्तिम म्याद ः– नेपाल सरकारले नेपाल राज्यभर लकडाउन पूर्ण रुपले खुला गरेको मितिले ३० दिन सम्म ।
२) नेबाएमा शुल्क, नामावली, भौचर, स्टेटमेन्ट बुझाउने अन्तिम म्याद ः– क्र.सं. १ को ३० दिनको म्याद सकिएको १५ दिनभित्र नेबाएमा पठाईसक्नु पर्ने ।
निरन्तर सहयोग र समझदारीका लागि हार्दिक धन्यबाद ।
अधिवक्ता लीलामणि पौडेल
महासचिव