सूचना

NBA Notice_2 Lawyers_SC 2077.07.25

२०७७ कात्र्तिक २५ गते ।

सूचना

सर्वोच्च अदालतबाट मिति २०७७/०७/१८ मा प्रकाशित सार्वजनिक सुचनामा उल्लेखित बुँदाहरु मध्ये बुँदा नंं. ३ मा आम कानून व्यवसायीहरुबाट व्यापक गुनासो र असन्तुष्टि रही आईरहेको र नेपाल बार एशोसिएशनको पनि गम्भीर ध्यानाकर्षण भएको छ । उक्त बुँदामा बहसमा बन्देज लगाउने प्रकृतिको देखिएको हुँदा नेबाएले मिति २०७७÷०७÷२४ गते उक्त बुँदा कार्यान्वयन नगर्न नगराउन भनि सम्मानित सर्वोच्च अदालतमा अनुरोध गरि सकिएको छ ।

प्रकाशित सूचनामा नेबाएका अध्यक्ष, महासचिव समेतको सुझाव र परामर्शमा निर्णय गरिएको भन्ने व्यहोरा परेको सम्बन्धमा नेबाएको गम्भीर ध्यानाकर्षण भएको छ । बहस व्यवस्थापनको विषयमा विभिन्न विकल्पहरुमा छलफल भएको तर २ जनाभन्दा बढी कानून व्यवसायीलाई बहस पैरवी गर्न नदिने भन्ने सुझाव, परामर्श नदिईएको र जुनसुकै मुद्दामा पनि लिखित बहस नोट पेश गर्ने कुरा मौजुदा सुनुवाई व्यवस्थामा व्यवहारिक र औचित्यपूर्ण नहुने भनि सुझाव दिईएकोमा उक्त सूचनामा उल्लेखित शब्दावलिबाट आम कानून व्यवसायीमा नेबाएको सहमतिमा उक्त बुँदा नं. ३ राखिएको भन्ने भ्रम पर्न गएकोले सो बुँदामा नेबाएले सहमति नजनाएको व्यहोरा भ्रम निवारणार्थ सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

अधिवक्ता लीलामणि पौडेल

महासचिव